नायिका शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुल्यो, सर्वोच्चले खारेज गर्‍यो रिट

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुल्यो, सर्वोच्चले खारेज गर्‍यो रिट

काठमाडौँ : नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । बहुविवादको उजुरीमा काठमाडौँ जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि शिल्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिट सोमबार खारेज भएको हो । रिट खारेजसँगै पक्राउको बाटो खुलेको हो ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले रिट खारेज गरेको हो ।

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको थियो।

काठमाडौँ जिल्ला अदालतले जारी गरेको पूर्जीविरुद्ध शिल्पाले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । साउन २४ गते उच्च अदालत अन्तरिम आदेश अस्वीकार गरेको थियो । उच्च अदालतले अन्तरिम जारी गर्न अस्वीकार गरेपछि साउन २८ गते उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो ।