सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरियो : प्रधानमन्त्री प्रचण्ड

सामाजिक सद्भाव र पारिवारिक एकता कायम राख्न टिकटक बन्द गरियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकता खलबल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।

भक्तपुरमा आज नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर यो निर्णय गरिएको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतन्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको बताए ।