ब्रिस्वेनवासी नेपालीहरुका लागि नोभेम्बर ७ मा ‘तिहार म्युजिकल मेला–२०८०’

ब्रिस्वेनवासी नेपालीहरुका लागि नोभेम्बर ७ मा ‘तिहार म्युजिकल मेला–२०८०’

ब्रिस्वेन, अष्ट्रेलिया । क्वीन्सल्याण्डको ब्रिस्वेनमा ‘तिहार म्युजिकल मेला २०८०’  आयोजना गरिने भएको छ ।  सांगीतिक कार्यक्रम सन एण्ड मून प्रोडक्सनले नोभेम्बर ७ मा ब्रिस्बेनको ब्राइटसाइडमा संचालन गर्न लागेको जनाएको छ । 

कार्यक्रममा नेपालका चर्चित कलाकार सुगम पोखरेल, सुदिन पोखरेल तथा उदयमान कलाकार आरिफ रौफ र निहारिका ज्ञवालीले सांगीतिक प्रस्तुति दिने आयोजक सन एण्ड मून प्रोडक्सनका निर्देशक गजेन्द्रराज थापा गोर्खे काजींले जानकारी दिए । निर्देशक थापा लामो समयदेखि कला क्षेत्रमा संलग्न रहेका छन्। विदेशमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गर्न लागि परेका थापा नेपाली कलाकारहरुलाई ल्याएर ब्रिस्वेनवासी नेपालीहरुलाई मनोरञ्जन दिने कार्यमा सक्रिय छन् ।

साँझ ६ बजेबाट सुरु हुने कार्यक्रमको टिकट २० अष्ट्रेलियन डलर कायम गरिएको सन एण्ड मून प्रोडक्सनका अर्का निर्देशक आर्जित रेग्मीले टिकट अनलाइन र प्रत्यक्ष भेटेर खरिद गर्न सकिने उनले बताए । तिहार स्पेसल अफल भनेर तीन दिनका लागि टिकटको मूल्य २० राखिएको र भोलीबाट टिकटको मूल्य ४० कायम गरिने उनको भनाइ छ । कार्यक्रमका दिनै नै खरिद गर्नेलाई पनि सोही मूल्य निर्धारण गरिएको उनले बताए ।

उक्त सांगीतिक कार्यक्रमलाई एक्सपर्ट एजुकेशन भिजा सर्भिसले टाइटल स्पोन्सर गरेको छ भने सफायर रियल स्टेट एजेन्ट र ८८४८ मःम हाउसले स्पोन्सर गरेका छन् । उक्त सांगीतिक कार्यक्रमबाट उठेको केही रकम क्वीन्सल्याण्डमा बन्न लागेको नेपाली सांस्कृतिक केन्द्रका लागि खर्च गरिने सन एण्ड मून प्रोडक्सनका निर्देशक सुदनजंग कुँवरले जानकारी दिए । उलने क्वीएनसीसीका लागि एक सय टिकट छुट्याएको केबीसीलाई जानकारी दिए ।

टिकट खरिदका लागि: https://ticketsansar.com/e/585?fbclid=IwAR3zjhD2ENZ6hDsdbhYYx7HAKoRtIzgLyZ_MDqYUoIWyQZQ7XXIiyUfBMRQ