११ हजारमा परिक्षण गर्दा १८४ जनामा कोरोना संक्रमण पुष्टि

११ हजारमा परिक्षण गर्दा १८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १०९४८ जनामा गरिएको परिक्षणका क्रममा १८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार ७ हजार २३० जनामा पीसीआर परीक्षण गरिएकोमा १६० जनामा र ३ हजार ७८८ जनामा एन्टीजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको हो । 

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १७६ पुगेको छ ।

एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ८९७ पुगेको छ ।
सोही समयमा २६७ जनाले कोरोना जितेका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयले जनाएको छ । 

बिहीबार २ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ । 
हाल सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५६४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।