पाँच दिने नाबालक सहित एकै परिवारका तीनको मृत्यु

पाँच दिने नाबालक सहित एकै परिवारका तीनको मृत्यु

काठमाडौं । दोलखामा पाँच दिनका नाबालकसहित एकै परिवारका तीन जना मृत भेटिएका छन् । 

जिल्लाको तामाकोशी गाउँपालिका–२, झुलेमा बुधबार बिहान नाबालक छोरासहित एक दम्पती मृत भेटिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा रहेका छन् । 

उनीहरु बस्ने कोठामा कोइला बालेको भेटिएकाले निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको रिजालले बताए ।