विप्लव नेतृत्वको नेकपा फुट्यो : नयाँ पाटी गठन

विप्लव नेतृत्वको नेकपा फुट्यो : नयाँ पाटी गठन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपाबाट फुटेर नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) गठन भएकाे जनाएको छ । 

नवगठित पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जना पोलिटब्युरो र सात जना स्थायी कमिटी सचिवालय गठन गरिएको जनाएको छ । त्यस्तै महासचिवमा सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ । 

गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरूको ऐतिहासिक भेलाले नेकपा (क्रान्तिकारी) गठन गरेको प्रचार विभागका प्रमुख अमर गोपालीले जानकारी दिए ।  उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नयाँ पार्टी गठन गरेको हो । 

नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवि वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाीिन काल्पनिक बाटोमा लागेको नवगठित क्रान्तिकारीले जनाएको छ ।