बलात्कारीलाई जेलबाट छुटाइदिने भन्दै २० लाख ठग्ने महिला पक्राउ

बलात्कारीलाई जेलबाट छुटाइदिने भन्दै २० लाख ठग्ने महिला पक्राउ

काठमाडौ । बलात्कार मुद्दामा पक्राउ परेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे पनौती घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने रबिना थापालाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा हाल डिल्लीबजार कारागारमा रहेका चिनिया नागरिक लिउ युलाई छुटाइदिने भन्दै उनकी नेपाली श्रीमती कमला भुसालसँग थापाले २० लाख उठाएकी थिइन् ।

कमलाले न्यायाधीश चिनेको भन्दै घुस खुवाएर छुटाइदिने भन्दै उनले पैसा लिएकी थिइन् । गत असारमा पक्राउ परेका चिनिया नागरिकलाई छुटाउन भन्दै मञ्जु ओलीसँग मिलेर सो रकम ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

मञ्जु हाल फरार छिन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।