सर्वोच्च अदालतमा १५ गतेदेखि गोलाप्रथा लागू

सर्वोच्च अदालतमा १५ गतेदेखि गोलाप्रथा लागू

काठमाडौं । सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रथाबाट इजलास गठन र पेशी तोक्न सकिने भएको छ । 

बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले यस्तो निर्णय गरेको हो । बैठकले आगामी बुधबारदेखि लागू गर्ने गरी उक्त निर्णय गरेको हो । 

यसअघि मंगलबार सर्वाेच्चका न्यायाधीशहरुले बैठक बसी आजलाई फुलकोर्ट बैठक बोलाउने र गोलाप्रथा लागु गर्नेमा सहमति गरेका थिए । त्यसै अनुरुप प्रधानन्यायाधीश बाहेकको आज बसेको फुलकोर्ट बैठकले गोलाप्रथालाई पारित गरेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुले गोलाप्रथाबाट पेशी तोक्न थालेपछि सबै मुद्दा हेर्ने सहमतिमा पुगेका थिए ।