प्रस्तावित १३ राजदूतको सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गरिने

प्रस्तावित १३ राजदूतको सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गरिने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित १३ राजदूतको सुनुवाइ यही असोज २६ देखि २८ गतेसम्म गर्ने भएको छ । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले असोज २६, २७ र २८ गते गरी तीन दिनमा सुनुवाइ गर्ने निर्णय गरेको हो ।

यही असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका राजदूतको लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो । सरकारले भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो ।

यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको थियो ।

छुटाउनुभयो कि ?