गायक याेगेश्वर अमात्यकाे जग्गाकाे नक्कली लालपुर्जा बनाएर बैंकबाट १९ करोड ऋण !

गायक याेगेश्वर अमात्यकाे जग्गाकाे नक्कली लालपुर्जा बनाएर बैंकबाट १९ करोड ऋण !

काठमाडौं । गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर धितो राखेर १९ करोड रुपैयाँ ऋण दिएको आरोपमा कुमारी बैंकका कर्मचारीसहित ४ जना पक्राउ परेका छन् । 

कुमारी बैंकको बारा शाखामा अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा पेश गरी काठमाडौंका एसके महर्जन र मुक्तिलाल गौतमलाई १९ करोड ऋण लिएका थिए । उनीहरुको सो ऋण स्वीकृत गरेको आरोपमा बैंकका कर्मचारीहरु अधिकृत सोनु ठाकुर र राजेश चौरासियासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

गायक अमात्यको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको सीआईबीका प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

उनीहरु चारै जना मिलेर गायक अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाइएको र त्यसैलाई धितो राखेर ऋण निकालिएको आरोप छ ।