नवलपुर महोत्सव माघमा

नवलपुर महोत्सव माघमा

मिना कंडेल : नवलपुर नवलपुर उद्योग वाणिज्य सङ्घले यस वर्ष माघ ९ गते देखि नवलपुर महोत्सव आयोजना गर्ने भएको छ ।

महोत्सवले नवलपुरको औद्योगिक, व्यापार, कृषि, पर्यटन, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने, प्रदेशको पर्यटकीय सम्भावना बोकेका धार्मिक प्राकृतिक ऐतिहासिक सांस्कृतिक क्षेत्रको प्रचार प्रसार गर्ने र जिल्लाको कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्य लिएको नवलपुर उद्योग वाणिज्य सङ्घ का अध्यक्ष डाँसुराज पोखरेलले बताए ।

१९ गते सम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति संगैं नवलपुर डान्स आइडलपनिसंचालन हुने छ । छैटौँ संस्करणको यो महोत्सवमा २ सय ७५ स्टल रहने आयोजकले जनाएको छ । महोत्सव आयोजना गर्न करिब ९५ लाख खर्च हुने अनुमान छ ।