अमेरिकीले इराकका मिलिसियामाथि आक्रमण, १८ जनाको मृत्यु

अमेरिकीले इराकका मिलिसियामाथि आक्रमण, १८ जनाको मृत्यु

काठमाडौं : अमेरिकाले इराक र सिरियामा गरेको हमलामा १८ जनाको मृत्यु भएको छ । आफ्ना देशका एक ठेकेदार मारिएसँगै अमेरिकी सेनाले इराक र सिरियाका मिलिसियाहरुमाथि आक्रमण गरेको हो । तीन छुट्टाछुट्टै आक्रमणमा ५० भन्दा बढी घाइते भएको बताइएको छ ।

अमेरिकी सेनाले हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरुले हतियार भण्डारण गर्ने स्थानमा आक्रमण गरिएको बीबीसीले उल्लेख गरेको छ । हिज्बुल्लाहलाई अमेरिकाले आतंककारीको सूचीमा राखेको छ ।

गत हप्ता किर्कुटमा भएको रकेट हमलामा परेर एक अमेरिकी निर्माण व्यवसायीको मृत्यु भएको थियो भने कयौं अमेरिकी र इराकी अधिकारीहरु घाइते भएका थिए । सिरियाको सीमा नजिकै रहेको इराकको पश्चिमी क्षेत्रमा रहेको अकाइम जिल्लामा आक्रमण भएको थियो।