कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् ।
धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले आज जानकारी दिएका छन् ।उक्त घट्नाको बारेमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको टरासस