सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित

सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित

काठमाण्डौं : ससदकोे विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । विकास समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद उक्त विधेयक पारित गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले विधेयकको पक्षमा मत दिए भने कांग्रेसका सांसदहरुले विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखेका थिए । कांग्रेस सांसदको असहमतिका बावजुत विधेयक पारित भएको हो । विधेयकमा रहेको सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधानप्रति कांग्रेसले विरोध गर्दै आएको थियो ।

बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको जानकारी गराएकी थिइन । विधेयक जस्ताको त्यस्तै पारित भए ‘बोल्नै नपाउने वातावरण हुने’ विपक्षी दल कांग्रेसको तर्क रहेको छ । तर, सत्तापक्षले भने सामाजिक सञ्जाल नियमन अत्यावश्यक भएको बताएको छ ।