काठमाडौंमा वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा समातियो

काठमाडौंमा वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा समातियो

काठमाडौं : काठमाण्डौको तीनकुनेस्थित नापी विभाग अगाडि ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको छ । बृद्धलाई ठक्कर दिएर भागेको टिप्पर ‘सामान खन्याएर लुकाएर राखिएको अवस्थामा टिपर भेटिएको छ ।

शनिबार राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे । मृत्यु हुने वृद्धाको परिचय खुलेको छैन । अहिलेसम्म आफन्त पनि सम्पर्कमा आएका छैनन् ।

घटनापछि प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच र नाकाबन्दी बढाएर टिपरको खोजी तीब्र पारेको थियो । त्यसक्रममा क्षेत्रपाटीमा टिपर भेटिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताएका छन् ।चालक फरार रहेका छन् । हुलियाको आधारमा चालकको खोजी भइरहेको उनले बताए ।