आज थपिए ६०३ जना कोरोना संक्रमित

आज थपिए ६०३ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ। ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

हालसम्म मुलुकभर ४०५६ जना कोरोना सक्रिय संक्रमित छन्। जसमध्ये ३५९९ जना होम आइसोलेशनमा छन् भने ४५७ जना संस्थागत आइसोलेशनमा छन्।

सरकारले पछिल्लो २४ घन्टामा ४२८९ जनाको पिसिआरबाट ५८० जनामा संक्रमण देखिएको छ। यस्तै ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा १२९ जना डिस्चार्ज भएका छन्। यो कुल संक्रमितको ९७।५ प्रतिशत हो।हाल मुलुभरका विभिन्न अस्पतालमा ८० जना आइसियुमा र २५ जनालाई भेन्टिलेटर दिएर आइसियुमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।