काठमाडौंमा अचानक वर्षा: तीन दिनसम्म पानी पर्ने

काठमाडौंमा अचानक वर्षा: तीन दिनसम्म पानी पर्ने

काठमाडौं।  मनसुन बाहिरिसकेको ठानेर ढुक्क भएका काठमाडौँ उपत्यकावासी अचानक वर्षा भएपछि चिन्तित बनेका छन्। तर, जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लगातार झरी भने नपर्ने स्पष्ट पारेको छ।

मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा बदली भई छिटफुटदेखि हल्का-मध्यम वर्षा हुने सम्भावना छ। "तीन दिनसम्म मौसम पूर्ण रूपमा सफा नरहे पनि लामो समयसम्म झरी पर्ने सम्भावना छैन," उनले भनिन्।

विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ। यस्तै कोशी, मधेस र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनीका बाँकी भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेकाले मौसममा बदली भई वर्षा भएको हो।

छुटाउनुभयो कि ?