सानेपाको कवाडी पसलमा आगलागी, लाखौँको क्षति

काठमाण्डौं : ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा गएराति आगलागी भएको छ ।राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा गएराति ८ बजे आगलागी हुदाँ पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।

आगो फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । आगो करिब १ घण्टापछि नियन्त्रणमा आएको सानेपा प्रहरीले जनाएको छ । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।