उखुको मूल्य माग्दै किसानहरुले दिए माइतीघरमा धर्ना

उखुको मूल्य माग्दै किसानहरुले दिए माइतीघरमा धर्ना

काठमाण्डौं : काठमाडौंमा बक्यौता रकम माग गर्दै उखु किसानहरुले आन्दोलन थालेका छन् । उनीहरुले शनिबार काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिएका छन् । जबसम्म हामीले बक्यौता रकम पाउँदैनौं, तबसम्म हामी आन्दोलनबाट नफर्किँने उखु किसानका अगुवा हरेश्याम राय बताएका छन् ।

सरकारले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर ४३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेको उनले बताए । उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताउदै आएका छन् । उखु किसानका अगुवा रायका अनुसार हालसम्म ५० करोड बक्यौता रकम रहेको छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उनले जानकारी दिए ।