घोडाको आक्रमणबाट एक जनाको मृत्यु

घोडाको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं : सल्यानमा घोडाले लात्ती हान्दा एक बालकको मृत्यु भएको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ खहरेखोलाका आठ वर्षीय राजु बुढालाई घोडाले शुक्रबार साँझ लात्तीले हान्दा गम्भीर घाइते भएका थिए। उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै, पाँचथर सदरमुकाम फिदिममा शुक्रवार राति स्कुटर दुर्घटनामा फिदिम नगरपालिका–२ साम्दिनका ४३ वर्षीय विष्णु अज्ञानी इङवाको मृत्यु भएको छ। अपाङ्गता भएका उनी फिदिमको बुद्धमार्गमा दुर्घटनामा परेका थिए। दुर्घटनापछि स्थानीय समर्पित अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

सिसी टिभि फुटेजमा हेर्दा रोकेर राखिएको ट्याक्टरमा ठोकिएर दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।