झापा : झापामा श्रीमानको छुरा प्रहारबाट श्रीमतिको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका ६ मा ३९ वर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको हो ।
घरायसी बादबिबाद हुँदा ४० वर्षीय शंकर भन्ने बुधराम मुर्मु श्रीमानले एक्कासी छुरा प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी थिईन् । गम्भिर घाईते भएकी फङकेलाई प्राथामिक स्वास्थ्य केन्द्र शिवगंजमा उपचारको क्रममा मृत्यु भएको विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोईरालाले जानकारी दिएका छन् ।
भारतको डिगलबैक पञ्चायत घर भएका उनीहरु झापाको शिवसताक्षी नगरपालिका ६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका थिए ।