सातौं वर्षमा क्लिक इन्टरनेशनल एजुकेशन, जनायो यस्तो प्रतिवद्धता

सातौं वर्षमा क्लिक इन्टरनेशनल एजुकेशन, जनायो यस्तो प्रतिवद्धता

काठमाडौं । क्लिक इन्टरनेशनल एजुकेशन स्थापनाको सातौं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको पुतलिसडकमा अवस्थित यस क्लिक एजुकेशनले जापान, अष्ट्रेलिया, अमेरिका, क्यनठा, नर्वे, बेलायत र युएईजस्ता ख्यातीप्राप्त देशमा नेपालका विद्यार्थीलाई परामर्श दिंदै आएको छ । 

संस्थाले छैटौं वर्ष पार गरी सातौं वर्षा प्रवेश गरेको अवसरमा एक हप्ताभित्र आउने प्रत्येक नयाँ विद्यार्थीलाई २० प्रतिशत सेवा शुल्क छुटको व्यवस्था गरिएको संस्थाका सीइओ दिनेश वानीयाँले जानकारी दिए । 

साथै संस्थाले छैटौं वार्षिक उत्सवका अवसरमा सकारात्मक सोचका साथ विद्यार्थीको हक हितमा लागिरहने र विद्यार्थीलाई आइपर्ने समस्याहरु समाधानमा जुटिरहने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।