रुपन्देहीमा जनता आवास कार्यक्रममार्फत १८० घर निर्माण हुँने

रुपन्देहीमा जनता आवास कार्यक्रममार्फत १८० घर निर्माण हुँने

रुपन्देही : रुपन्देहीमा जनता आवास कार्यक्रममार्फत १८० घर निर्माण हुँने को १० प्रदेशसभा निर्वाचन क्षेत्रमा जनता आवास कार्यक्रममार्फत १८० घर निर्माण हुने भएको छ । सरकारले दलित, विपन्न, मुसलमान, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने लक्ष्यानुसार ती घर निर्माण हुन लागेको शहरी विकास तथा भवन कार्यालय, रुपन्देहीले जनाएको छ ।

जिल्लाको घर निर्माण हुने स्थान र लाभग्राही छनोटको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै रुपन्देहीका प्रत्येक निर्वाचन क्षेत्रमा १८ घर निर्माण हुन लागेको कार्यालयका प्रमुख इञ्जिनीयर गोविन्द गौतमले बताए । लाभग्राहीमा नाम छनोट भएकाले ३० दिनभित्र घर निर्माणको काम शुरु गर्नुपर्ने उल्लेख गर्दै विभिन्न चार चरणमा लाभग्राहीले रु तीन लाख ३६ हजार रकम प्राप्त गर्ने जानकारी दिएका छन् ।

उक्त रकमबाट लाभग्राहीले दुई कक्षसहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ । रुपन्देहीका देवदह, तिलोत्तमा, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा जनता आवासअन्तर्गत घर निर्माण हुने भएको छ।

सङ्घीय सरकारले नै जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले गत वर्षदेखि मात्रै कार्यक्रम सञ्चालन गरेकोे छ । कार्यक्रम प्रदेश नं ५ का १२ जिल्लामा नै सञ्चालनमा रहेको बताइएको छ । रुपन्देहीमा विसं २०६६ देखि सो कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रममार्फत गत वर्ष रुपन्देहीमा ४४९ तथा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र नवलपरासीमा एक हजार १३४ घर निर्माण भएको थियो ।