काठमाण्डौमा मोटरसाइकल चोरी गर्दागर्दै एक जना पक्राउ

काठमाण्डौमा मोटरसाइकल चोरी गर्दागर्दै एक जना पक्राउ

काठमाण्डौ : काठमाण्डौमा नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक युवकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा रोकेर राखीएको बा१०प ३१६८ नम्बरको स्पेण्डर मोटरसाइकल चोरी गर्दागर्दै मकवानपुर थाहा नगरपालिका–११ का सुवास श्रेष्ठलाई बुधबारपक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले जानकारी दिए ।