छोरा हराएपछि परिवारमा रुवाबासी , खोजी कार्यमा चासो नदेखाएको प्रहरीलाई आरोप

छोरा हराएपछि परिवारमा रुवाबासी , खोजी कार्यमा चासो नदेखाएको प्रहरीलाई आरोप

बुटवल : बुटवलको कालिकानगरका एक किशोरको परिवारले ४६ दिनदेखि हराइरहेका छोराको खोजीमा प्रहरीले तदारुकता नदेखाएको गुनासो गरेको छ । बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ८ मा पढ्ने बुटवल ११ कालिकानगरका १६ वर्षका जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् ।

मंसिर २२ गते विद्यालयमा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशित हुँदा जनक दुई विषयमा अनुतीर्ण भएका थिए । जनकले ६ हजार नगद, जन्मदर्ताको प्रमाणपत्र र झोलामा दुई जोर कपडा लिएर सम्पर्कविहीन भएको आमा मिनाले बताइएकी छन्। घरबाटै छोरा सम्पर्कविहीन भएपछि बुटवलको योगिकुटी र वडा प्रहरी कार्यालय रामनगरमा खोजी गरिदिन निवेदन गरे पनि प्रहरीले चासो नदिएको स्थानियले बताए।

प्रहरी प्रशासनले ठूलाबडा भए मात्रै चासो दिने तर गरीबलाई मतलब नगरेको अनुभूति भएको मिनाले बताइन । विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले आफूहरुले पनि जनकको खोजीमा सक्दो प्रयास गरेको भए पनि प्रहरी प्रशासनको सहयोग विना सफल नहुने बताए ।

यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले प्रहरीले हराएका किशोरको फोटो मातहतका निकायमा पठाएर खोजी गरिरहेको र बेवास्ता नगरेका बताए ।