मालिका गाउँपालिकाकाे वडा कार्यालय तोडफोड

मालिका गाउँपालिकाकाे वडा कार्यालय तोडफोड

गुल्मी : गुल्मीमा अज्ञात समूहले मालिका गाउँपालिका–७ को वडा कार्यालय फुटाएर रकम लुटपाट गरेको छ। मंगलबार राती वडाध्यक्षको कार्याकक्षसहित वडा कार्यालय भवनका अन्य कोठाहरु पनि फुटाएर लुटपाट गरेको हो।

वडा कार्यालय तोडफोड भएको जानकारी पाएपछि अहिले जनप्रतिनिधिहरु त्यसतर्फ पुगीसकेका छन्। आवश्यक अनुसन्धान गर्न मुर्भुङ्ग प्रहरी चौकीबाट पनि प्रहरीहरु घटनास्थलमा पुगीसकेको र लुटपाटबाट भएको क्षतिबारे स्पष्ट जानकारी आइ नसकेको प्रहरीले बताएको छ ।