करार सेवाका लागि ललितपुर महानगरले माग्यो ५० नगर प्रहरी

करार सेवाका लागि ललितपुर महानगरले माग्यो ५० नगर प्रहरी

काठमाण्डौ : काठमाण्डौको ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ।महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।

नगर प्रहरीको लागी पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्नेछन्।फारमका लागि बेग्लै एक सय रुपैयाँ शुल्क बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख गरीएको छ। दरखास्त फारम महानगरको वेबसाइट mिअ।नयख।लउ बाट पनि डाउनलोड गर्न सकिने बताइएको छ।

आगामी पुस २३ गतेभित्र इच्छुकलाई दरखास्त दिन महानगरले आग्रह गरेको छ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन्। कक्षा ८ पास गरेकोले दरखास्त दिन सक्ने महानगरले जनाएको छ। पुरूषका हकमा उचाइ घटीमा पाँच इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी हुनुपर्ने तोकिएको छ।