काठमाडौंबाट पेस्तोलसहित भगौडा सेना पक्राउ

काठमाडौंबाट पेस्तोलसहित भगौडा सेना पक्राउ

काठमाडौं : काठमाडौंको बालुवाखानीबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखा काठमाडौंले मंगलबार रामेछापको मन्थली नगरपालिका–१३ का ३५ वर्षीय रोशन बर्देवालाई फक्राउ गरेको हो ।

काठमाडौंको चुनीखेलमा बस्दै आएका बर्देवा भगौडा सेना रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले जनकारी दिए । पक्राउ परेका बर्देवामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।