भूकम्पबाट क्षति पुगेका विद्यालयको पुन निर्माणमा ढिलाइ

भूकम्पबाट क्षति  पुगेका विद्यालयको पुन निर्माणमा ढिलाइ

मिना कंडेल ,नवलपुर : चार वर्षअघिको भूकम्पबाट भत्किएका विद्यालयको पुन निर्माणमा ढिलाइ हुँदा सामुदायिक विद्यालयमा कक्षा सञ्चालन कालागि समस्या देखिएको छ । जिल्लामा निजी आवासको पुन निर्माण करीवकरीब सम्पन्न भइसक्दा सार्वजनिक संरचना निर्माणले भने गति लिएको छैन ।

२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पका कारण पूर्वी र पश्चिम नवलपरासीमा ८सय७२ घर पूर्ण रूपमा क्षति भएका थिए भने २ सय १० वटा विद्यालयका ५सय २० कक्षा कोठा पूर्ण रूपमा क्षति भएका थिए । तर हालसम्म ३७ वटा विद्यालयको ७२ कोठा मात्र पुन निर्माण भएको छ ।विगतमा भूकम्पले क्षति पु¥याएका संरचनालाई पुन निर्माण प्राधिकरणले हेर्ने भएता पनि गत साउन देखी विद्यालय पुन निर्माणको जिम्मा शिक्षा मन्त्रालय मातहतको निकायले हेर्ने गरेको छ ।

जिल्लामा अझै २ सय ५२ कक्षा कोठा निर्माण गर्न बाँकी रहेको राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना शिक्षा कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेश्वर पराजुलीले बताए । यस्तै भूकम्पले क्षति पु¥याएको ३० शौचालय मध्य ५ वटा निर्माण सम्पन्न भएको छ । भूकम्पबाट प्रभावित पूर्वी नवलपरासी र पश्चिममा ९४ प्रतिशत निजी आवास निर्माण सम्पन्न हुँदा ५१।५३ प्रतिशत मात्र विद्यालय पुन निर्माण भएको छ ।

चैत्र मसान्त सम्म पूर्ण रूपमा क्षति भएका विद्यालयहरूको निर्माण सक्ने लक्ष्य लिए पनि समयमै बजेट निकासा नहुँदा समस्या भएको छ । निजी आवास तर्फ भने अहिले सम्म ९४ प्रतिशत निजी घरहरू निर्माण सम्पन्न भैसकेको र सेवाग्राहीले सबै किस्ता समेत लगिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताए ।

पूर्वी नवलपरासीमा भूकम्पबाट निजी आवास क्षति भएको भनेर दुई हजार दुई सय ४६ वटा नयाँ गुनासो दर्ता भएको बताइएको छ ।