गुल्मीमा ७२ वर्षीय वृद्ध हत्याको आरोपमा एक पक्राउ

गुल्मी : गुल्मीमा ७२ वर्षीय वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–८ बस्ने २० वर्षीय सन्तोष घर्तीलाई पक्राउ गरीएको हो ।

भण्डारी गत पुस ५ गते आफनै गोठमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा भण्डारीको हत्यामा घर्ती संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए । गोठमा दुवै जनाबीच आपसी विवाद हुने क्रममा घर्तीले ढुंगा प्रहार गरी भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका घर्तीलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।