गोरखामा जीप दुर्घटना, पाँच जना घाइते

गोरखा : गोरखाको पालुङटार नगरपालिका–६ बुढीचौरमा जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । मंगलबार बिहान बुढीचौरबाट काठमाडौं जादै गरेको ग १ ज ७४९४ नम्बरको जीप ओरालोमा चिप्लिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ाघाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु र रमेश थारु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये रोकाको अवस्था गम्भीर रहेको ट्राफिक हवल्दार चुनबहादुर चिडीले जानकारी दिएका छन् । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको बताईएको छ ।