सवारीको ठक्करबाट मृत्यु बाबुको मृत्यु, छोरा गम्भीर घाईते

सवारीको ठक्करबाट मृत्यु बाबुको मृत्यु, छोरा गम्भीर घाईते

काठमाडौं : काठमाडौंका चाबहिल–सुकेधारा खण्डमा सवारीको ठक्करबाट ज्यान गएको छ । मंगलबार बिहान छोरालाई पछाडि बोकेर स्कुल पुर्याउन जाँदै गरेका चन्द्रागिरि नगरपालिका १२, गुर्जुधारामा गाडीको ठक्करबाट प्रदेश ३ ०२००९ प ७६२१ को साइन मोटसाइकल चालकको गएको हो ।

मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुरघट्ना गराउने सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

स्थानिय र मृतकका केही आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाए सम्म शव नउठाउने र गल्ती गर्ने चालकलाई कारबाहीको माग गरेका छन् । घटनास्थलमा तनाव भएपछि अवस्थालाई नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरको नेतृत्वको अर्को प्रहरी टोली पुगेको छ ।