चितवनमा सबैभन्दा धेरै छावा जन्माउने पूजाकलीको मृत्यु,शव परीक्षणको तयारी

चितवनमा सबैभन्दा धेरै छावा जन्माउने पूजाकलीको मृत्यु,शव परीक्षणको तयारी

चितवन : चितवनमा हात्ती प्रजनन तथा तालिम केन्द्र सौराहामा पालिएको पूजाकलीको मंगलबार बिहान मृत्यु भएको छ । लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती पूजाकली’को मृत्यु भएको हो।

गएको छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएकी पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार हुँदै आएको थियो ।‘एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो, लाखौं खर्च भयो, तर रोग पत्ता नलागेको निकुञ्जका वरिष्ठ चिकित्सक डा। विजय श्रेष्ठले बताएका छन् । अहिले पूजाकलीको शव परीक्षणको तयारी भइरहेको छ ।

झण्डै आधा दर्जन छावालाई जन्म दिएकी पूजाकली सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रका अनुसार पूजाकली सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पर्छिन् । विक्रम संवत् २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । सौराहाको बाघमारामा २०७४ साल पुसमा आयोजना गरिएको हात्ती महोत्सवमा पूजाकलीले सुन्दरी हात्तीको उपाधीसमेत जितेकी थिइन् ।

चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती रहेका छन् । ७४ वर्षसम्मका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।