प्रथम नेपाली भलिबल लिग तथा पाँचौ नावा कप भलिबल प्रतियोगिता हुने

प्रथम नेपाली भलिबल लिग तथा पाँचौ नावा कप भलिबल प्रतियोगिता हुने

अस्ट्रेलिया । नेपाली एसोसिएसन अफ वेस्ट्रन अस्ट्रेलिया(नावा) ले हरेक वर्ष क्रिसमसका दिन आयोजना गर्दै आएको भलिबल प्रतियोगिता उपयुक्त स्थान अभावमा स्थगित गरिएको थियो। त्यहि स्थगित प्रतियोगितालाई यहि आउदो फेब्रअरी महिनाको ७ गते देखि मार्च ६ मा फाइनल खेल आयोजना गरेर समाप्त गरिने भएको छ। 

पश्चिम अस्ट्रेलियामा रहेका स्थानीय ४ ओटा भलिबल क्लबहरू यस प्रतियोगितामा भिड़ने छन । जस्मा डटलेस भलिबल, सिपि करी हाउस, टेस्टी हिमाली, युथ ब्रदर्स रहेका छन्। 

यस प्रतियोगितामा प्रथम हुने समुहले पाँच सय अस्ट्रेलियन डलरको साथमा मेडल र अन्य पुरस्कार पनि पाउने छन्। 

प्रतियोगितालाई एक्सपट एजुकेसन एण्ड भिसा सर्भिसेस, हिमाली गोर्खा, र टेस्टी मस्मले प्रयोजन गर्ने छ।