दशककै प्रेरणादायी व्यक्तित्व बनिन् पुष्पा बस्नेत

दशककै प्रेरणादायी व्यक्तित्व बनिन् पुष्पा बस्नेत

काठमाडौं : समाजसेवी पुष्पा बस्नेत दशकको प्रेरणादायी व्यक्तित्व घोषित भएकी छन्। गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन्।

पुष्पाले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन्। गोलकास्टले पुष्पालाई आश्चर्यजनक मानवको संज्ञा दिएको छ । २०१० को दशकमा उनले बालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था गरिन्।

गोलकास्टले दशकको प्रेरणादायी व्यक्तिको सूचीको १७ औं नम्बरमा सुर्खेतमा बालगृह सञ्चालन गर्ने म्यागी डोयन पनि परेकी छन्। उनले पनि सीएनन हिरोको अवार्ड जितेकी थिइन्। यो सूचीको दोस्रो नम्बरमा ग्रेटा थनवर्ग, दशौं नम्बरमा तरना बर्के र मिटू अभियान, ११ औं नम्बरमा स्टिभ जब्स र बीसौं नम्बरमा मलाला युसुफजाइ रहेका छन्।