मुगुको ५७ घरलाई नगरपालिकाले दियो ग्यास चुलो

मुगुको ५७ घरलाई नगरपालिकाले दियो ग्यास चुलो

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ५७ घर परिवारलाई ग्यास चुलो वितरण गरेको छ। गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत वडा नम्बर १३ को लापुका २५ र र लहगाउँका ३२ घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको हो।

दाउराको साह्रै समस्या हुने उक्त गाउँको एक घर एक ग्यास चुलो सहयोग गरेको नगर प्रमुख हरिजंग शाहीले बताए। ग्यास चुलो खरिदका लागि नगरपालिकाले ६ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ। अन्नभन्दा दाउराको चिन्ताले सधै पिरोलिने लापु र लहगाउँका नागरिक ग्यास चुलो पाएपछि खुसी भएका छन्। आफ्नो वन नभएकाले एक भारी दाउराका लागि छिमेकीको वनमा दुई दिन लगाउनुपर्ने लगाएर जानुपर्ने बाध्यता रहेको गोरा बिश्वकर्माले बताए ।