फिल्मी सैलीमा जीप नियन्त्रणमा लिई लुटपाट गर्ने ६ पक्राउ

फिल्मी सैलीमा जीप नियन्त्रणमा लिई लुटपाट गर्ने ६  पक्राउ

कैलाली : कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टका साथबाट मोबाइलसमेत लुट्ने समूहका व्यक्तिलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्तनगरका अजय भण्डारी, गौरव चन्द, चिरन बम, कृष्णपुरका नरेन्द्र साउद, प्रदीप ऐर र धनगढीका पारस सिंह छन् । उनीहरुविरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।