सुनसरीमा एम्बुलेन्स ट्रकसँग ठोक्किदा, एकको मृत्यु चार घाइते

सुनसरीमा एम्बुलेन्स ट्रकसँग ठोक्किदा, एकको मृत्यु  चार घाइते

सुनसरी : सुनसरीको भोक्राहा नरसिंह(५ स्थित पूर्व(पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोक्किँदा एम्बुलेन्समा सवार एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ८ बजे पश्चिमतर्फ जाँदै गरेको ना७ख ३५५३ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किदा दुरघट्ना भएको हो । मृत्यु हुनेमा उदयपुर चौडण्डीगडी(५ का ५० वर्षीय चेतबहादुर विष्ट छन्।

सो दुर्घटनामा एम्बुलेन्समा सवारमध्येका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एम्बुलेन्स चालकसहित अन्य चार जना घाइते छन्। घाइतेमध्ये तीन जनाको नोबेल अस्पताल विराटनगर र चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।