पाल्पामा लागुऔषधसहित एक जना पक्राउ

पाल्पामा लागुऔषधसहित एक जना पक्राउ

पाल्पा : पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । बुटवलबाट पोखरातर्फ हाइस गाडीमा जाँदै गर्दा दोभान प्रहरी चौकी पाल्पाले जाँच गर्ने क्रममा तिनाउ गाउँपालिका– ३ दोभानमा लागु औषधसहित बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिएका छन् ।

प्रहरीले गत मङ्सिर अन्तिम साता पनि दोभान झुम्सामा लागुऔषधसहित दुई जनालाई पक्रेको थियो । पटक पटक लागुऔषध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै आएको छ ।