जनकपुरमा शंकास्पद बस्तु फेला

जनकपुरमा शंकास्पद बस्तु फेला

धनुषा : जनकपुरमा शंकास्पद बस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ नेपाल राष्ट्र बैंक र नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालयबाट १५० मिटरको दूरीमा रहेको शुक्रबारी बजारमा शंकास्पद बस्तु फेला परेको हो ।

अहिले शंकास्पद बस्तु फेला परेको ठाउँमा घेरा हालेर सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ। घटनास्थलमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।

शंकास्पद बस्तु फेला परेको क्षेत्रभन्दा केही अगाडि, संघीय प्रहरी एकाई जनकपुरधामको कार्यालय रहेको छ । शंकास्पद बस्तुलाई डिस्पोज गर्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।