बसको ठक्करबाट छात्राको मृत्यु, चाबहिल क्षेत्र तनाबग्रस्त

बसको ठक्करबाट छात्राको मृत्यु, चाबहिल क्षेत्र तनाबग्रस्त

काठमाडौं : काठमाडौंको सुकेधारामा बसको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएकी छिन्। चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई सोमबार विहान बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते पन्तको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ। पन्तलाई ठक्कर दिएर बस भागेपछि पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल क्षेत्रमा अन्य गाडीमा तोडफोड र आगजनी गरेका छन्।

ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रोशित विद्यार्थी तोडफोडमा उत्रिन थालेपछि स्थितिलाई नियन्त्रण लिन अहिले पशुपति क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।