अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार धादिङ सेर्तुङ घर भएका काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चलबहादुर घलेलाई आज पक्राउ गरिएको छ ।

उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ पुस २४ गतेको फैसलाले एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर भए पनि उनी फरार हुँदै आएका थिए । उनलाई खोजतलासका क्रममा आज काठमाडौँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

विसं २०६८ जेठ १३ गते घलले वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडितमार्फत रु सात लाख लिई फरार भएका थिए । उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा घलेलाई आजै कारागार कार्यालय सुन्धारा चलान गरिएको ब्यूरोले जनाएको छ ।