मेसीविना मैदानमा उत्रिएको बार्सिलोना बराबरीमा रोकियो

मेसीविना मैदानमा उत्रिएको बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस ला लिगामा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा इबरका लागि खेलको ५७औ मिनेटमा किकेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। बार्सिलोनाका लागि उसमान डेम्बेलेले खेलको ६७  मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए। मेसीविना मैदानमा उत्रिएको बार्सिलोनाले ८औ मिनेटमा  पाएको पेनाल्टी मार्टिन ब्रेथवेटले मिस गरेका थिए।

बार्सिलोनाले १५ खेलमा  २५ अंक बनाएको छ र  लिग तालिकाको छैठौं स्थानमा रहेको छ।