‘छेक्यो छेक्यो देउराली डाँडा’ गीतका सर्जक गुरुङको निधन

‘छेक्यो छेक्यो देउराली डाँडा’ गीतका सर्जक गुरुङको निधन

पोखरा : नेपाली संगीत ईतिहासका एक सर्जकलाई नेपालले गुमाउन पुगेको छ । नेपाली संगीतको चर्चित गीतकार शुक गुरुङको निधन भएको छ। चर्चित गीतकार शुक गुरुङको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको हो।

गीतकार गुरुङले नेपाली संगीतलाई निकै चर्चित गीतहरु दिएर यो संसारबाट बिदा भएका छन् । उनले सिर्जना गरेको चर्चित गीत हो छेक्यो छेक्यो देउराली डाँडा जुन गीत अहिले पनि नेपालीहरुको मनमा बस्न सफल भएको छ । २०२२ सालमा चितवनमा जन्मिएका उनी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । उनका छेक्यो छेक्यो, ‘आँखैमा झलझली हितैको तरी’,‘भाइटीकामा भेट्न आउँला’ आदी गीतहरु उनका निकै चर्चित गीतहरु हुन् ।