नेप्लिज युनाइटेड फुटबल क्लवले जित्यो एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया

नेप्लिज युनाइटेड फुटबल क्लवले जित्यो एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया

एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया नेप्लिज फुटबल लिगको दोस्रो संस्करण बिजेता घोषणासँगै सकिएको छ। फाईनलमा गोर्खा बोइज सिंगापुर क्लवलाई हराउदै नेप्लिज युनाइटेड फुटबल क्लबले उपाधि जितेको छ। 

बिजेता भएसँगै नेप्लिज युनाइटेड फुटबल क्लबले ट्रफी प्रमाणपत्र सहित २५ सय अस्ट्रेलियन डलर र दोस्रो हुने गोर्खा बोइज समूहले ट्रफी प्रमाणपत्र तथा १५ सय अस्ट्रेलियन डलर प्राप्त गरेको खेलका मुख्य प्रायोजक एक्सपर्ट एजूकेसन पर्थका प्रमुख दीपेन्द्र चौधरीले बताए। 

पश्चिम अस्ट्रेलियामा रहेका स्थानीय फुटबल क्लबहरू यस प्रतियोगितामा भिडेका थिए। जस्मा ६ वटा नेपाली र दुईवटा भुटानी फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो।  खेलको मार्फ़तबाट नेपाली नेपालीबीचमा भाईचाराको सम्बन्ध विकास गर्न यस प्रतियोगिता आयोजना गरिएको आयोजक समिति सदस्य मध्यका एक प्रवेश थापाले जानकारी दिए । 

यो खेल सप्ताह नौ हप्ता लामो चलेको थियो। यो लिगलाई पश्चिम आस्ट्रेलियामा रहेका नेपाली खेल प्रेमीले फुटबलको माहाकुम्भको रुपमा लिने गरेका छन ।