फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति तिर्नुपर्छ ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति तिर्नुपर्छ ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुन: बढेको छ ।

 नेपाल आयल निगमले गएराति १२ बजेबाट लागू हुने गरी  पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ बढेको छ ।

भारतीय आयल कर्पोरेसनले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा इन्धनको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

अब पेट्रोल १०५, डिजेल र मट्टीतेल ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए ।