सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

काठमाडौं । समाजवादी पार्टीकी संसद सरिता गिरीलाई कारबाहीका लागि समाजवादी पार्टीको कार्यदलले सिफारिस गरेको छ । पार्टी ह्वीप उलंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।

कार्यदलको सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधीकारी बैठक आज बस्दैछ ।