ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा, नेकपा फुटाएर मिलिजुली सरकार बनाउन खाेजेकाे आशंका

ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा, नेकपा फुटाएर मिलिजुली सरकार बनाउन खाेजेकाे आशंका

काठमाडाैं । नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । 

नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटारमा भेटवार्ता गरेको र सो भेटवार्ताबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । 

देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो । 

काँग्रेस उपसभापति बिमलेन्द्र निधिको दावी अनुसार त्यसदिनको भेटघाट संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्रै भएको थियो । 

यसबारे पार्टीभित्र पनि आशंका बढेर सोधखोज गर्दा यो विषयमा मात्र कुरा भएको देउवाले जानकारी गराएको निधिको भनाइ छ । ओली र देउवाबीचको भेटघाटले नेकपामा ओलीइतर खेमालाई त आशंकित बनाएकै छ, काँग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सशंकित छ ।