सभामुखले लगाइदिए प्रधानमन्त्रीकाे एमसीसी पास गराउने चाहनामा 'ब्रेक'

सभामुखले लगाइदिए प्रधानमन्त्रीकाे एमसीसी पास गराउने चाहनामा 'ब्रेक'

काठमाडौं । सभामुखले १७ असारसम्मका लागि संसद् बैठक स्थगित गरेपछि तत्काल अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)  कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको चाहनामा ब्रेक लागेको छ । 

संसद्को चालू अधिवेशनमा १६ असारअगाडि नै अनुमोदन गरेर एमसिसी कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना थियो । तर, मंगलबार सभामुखले १७ असारसम्मका लागि संसद् बैठक स्थगित गरेपछि तत्काल एमसिसी कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको चाहनामा ‘ब्रेक’ लागेको छ । 

एमसिसी देशहितमा भएको भन्दै यसलाई पास गर्न प्रधानमन्त्री ओलीले संसद्को चालू अधिवेशनमा शृंखलाबद्ध अभिव्यक्ति दिएका थिए । यतिसम्म कि प्रधानमन्त्री ओलीले पढ्दै–नपढी एमसिसीको विरोध भएको भन्दै सांसदहरूप्रति असन्तुष्टिसमेत जनाएका छन् । सत्तारुढ दल नेकपाभित्र भाँडभैलो भए पनि प्रधानमन्त्री विनासर्त एमसिसी अनुमोदनको पक्षमा छन् । र, उनले अनुमोदन गर्ने–नगर्ने विषय संसद्को भएकोसमेत बताएका छन् ।नयाँपत्रिका दैनिकमा खबर छ ।