संविधान संशोधनमा भारतको कडा प्रतिक्रिया, ‘वार्ताबाट सहमति खोज्ने सम्झौता उल्लङ्घन भयो’

संविधान संशोधनमा भारतको कडा प्रतिक्रिया, ‘वार्ताबाट सहमति खोज्ने सम्झौता उल्लङ्घन भयो’

काठमाडौं । प्रतिनिधिसभाबाट नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नेगरी संविधान संशोधन भएपछि भारतले कडा प्रतिक्रिया जनाएको छ । भारतले वार्ताका माध्यमबाट सहमति खोज्ने सम्झौता नेपालले उल्लङ्घन गरेको टिप्पणी गरेको छ । 

विदेश मन्त्रालयलका प्रवक्ता अनुराग श्रीवास्तवले विवादित विषयमा भारतले आफ्नो धारणा यसअघि नै स्पष्ट पारेको बताए । भारतले यसअघि नेपालले जारी नक्सा स्वीकार नगर्ने बताइसकेको छ । भारतले नेपालको नक्सा कुनै तथ्य प्रमाणमा आधारित नभएको दाबी गर्दै आएको छ ।